ललितपुरको वडा नं. २१ र २२ मा माअाेवादी विजयी, २३ मा एमालेको कब्जा

ललितपुर, जेठ ८ ।
ललितपुर महानगरपालिकाको मत परिणाम हिजो अस्ति भन्दा आज थप रोचक बन्दै गएको छ । २० वटा वडासम्ममा माओवादीको जित शून्य रहेकोमा आज एकाएक २१ र २२ वडामा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा जित हासिल गर्न सफल भएको छ ।
जसअनुसार २१ वडामा रविन्द्र महर्जनले एक हजार एक ९४ मत ल्याएर विजयी भएका छन् भने वडा नं. २२ मा अमीरमान शाक्यले १२७२ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् ।
यसैगरी भर्खरै वडा नं. २३ को मतगणना पनि सकिएको छ । जसमा नेकपा एमालेका पूरै प्यानल विजयी हुन सफल भएका छन् । जसअन्तर्गत वडाध्यक्षमा भुयुकाजी महर्जन ९७८, महिला सदस्य ८८६ मत प्राप्त गरेका छन् भने दलित महिलातर्फ सानुमैयाँ विक निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै, खुल्ला सदस्यतर्फ जीवन महर्जन १०२६ र राधेश्याम कठायत ८३५ मत ल्याएर विजयी हुन सफल भएका छन् ।
प्रतिक्रिया