वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार १६:३३


काठमाडाैं, फागुन १५ ।
सोमबार निधन भएको वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज मंगलबार अपरान्ह पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

यसअघि, नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानमा राखिएकाे उनकाे पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्री प्रचण्डसँगै प्रतिष्ठानमा पुगेका थिए । श्रद्धाञ्जली अर्पण गर्नका लागि गीतकार, गायक, संगीतकार, कलाकार, राजनीतिक दलका नेता नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् । १९९९ साल असोज १६ गते धनकुटामा बलभद्र आचार्य र रेणु आचार्यका पुत्रका रूपमा जन्मिएका भक्तराज स्वर सम्राट नारायण गोपालका समकालीन हुन् । २०३० सालमा रेडियो नेपालको गीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेका थिए । त्यसपछि साँगीतिक यात्रा अघि बढाएका उनले केही वर्ष रेडियो नेपालमा जागिर खाएका थिए ।

उनीमाथि २०४६ साल मंसिर १९ गते राजधानीको बौद्धमा आक्रमण भएको थियो । आक्रमणमा उनको टाउकामा गम्भीर चोट लागेको थियो । २०५० सालमा क्यान्सरका कारण जिब्रो काटिएपछि उनको साँगीतिक यात्रा टुंगिएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साँगीतिक क्षेत्रमै क्रियाशील छन् ।


प्रतिक्रिया

ताजा खबर

More

गरिमा विकास बैंक र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता सम्पन्न

काठमाडाैं, बैशाख १८ । नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे.....