त्रिकाेणात्मक टी-२० आई सिरिजमा नेपालसँग नेदरल्याण्ड्स ६ विकेटले पराजित

प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार १५:१२


काठमाडाैं, फागुन १९ ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँग नेदरल्याण्ड्स ६ विकेटको पराजित भएकाे छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएकाे खेलमा १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोड्न सफल भएकाे थियाे । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाएका थिए भने टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २/२ र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....