पोखरा–लेखनाथ मनपाको स्थगित मतगणना पुनः सुरु

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार १८:०१


पोखरा, जेठ ८ ।
गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना आज दिउँसोबाट पुनः सुरु भएकोे छ ।

वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिएका छन् ।

आज बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

विवादित १७ नं वडाको भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप कागजपत्र देखाएपछि गणना सुरु गर्ने निर्णय भएको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....