ललितपुर अपडेट : कांग्रेसका उम्मेदवारकाे ढुकढुकी झन् बढ्दै

ललितपुर, जेठ ८ ।
ललितपुर महानगरपालिकाको मेयर पदको परिणाम आउने क्रम जारी रहेको छ । तर, पछिल्लो परिणामले भने नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार दिएका चिरीबाबु महर्जनको ढुकढुकी थप बढ्दै गएको छ । दुई दिन अगाडिसम्म एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारको मतभन्दा आफ्नो मत दुई हजारको अन्तरले अगाडि रहेकोमा आज एकाएक मात्र एक सय ६७ मतले पछि परेपछि ढुकढुकी बढेको हो ।
पछिल्लो मत परिणामअनुसार एमालेका ब्यञ्जनकारले २२ हजार नौ सय ७३ मत ल्याउँदा कांग्रेसका महर्जनले २३ हजार एक सय ४० मत ल्याएका छन् ।
त्यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्यालले १० हजार ४० मत र स्वतन्त्रकी उम्मेदवार शोभा शाक्यले सात हजार चार सय १९ मत प्राप्त गरकी छन् ।
प्रतिक्रिया