भरतपुरको महासंग्राम : पछिल्लो परिणामले यस्तो देखायो

काठमाडौं, जेठ ९ ।
भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवार चुन्ने कार्य जारी नै रहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालकी सुपुत्री रेणु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट देवी ज्ञवालीबीचको मत परिणामले महासंग्रामको संकेत दिँदै गर्दा पछिल्लो परिणाम पनि सार्वजनिक भएको छ ।
तीन प्रदेशको स्थानीय तहको निर्वाचनमा यसपटक सबैको ध्यानाकर्षण गर्न सफल भरतपुर महानगरपालिकाको चितवनमा आजको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले नै अगाडि देखिएको छ ।
एमालेका देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाललाई तीन हजार तीन सय ८९ मतले पछि पारेका छन् । ज्ञवालीले २४ हजार नौ सय १२ मत ल्याएका छन् भने रेणु दाहालले २१ हजार पाँच सय २३ मत ल्याएकी छन् ।
अहिलेसम्म भरतपुर महानगरपालिकामा १४ वडाको मतगणना सकिएको छ । सम्पन्न भएको मतगणना मध्ये एमाले १० वडामा विजयी भएको छ । बाँकी चार वटा वडामा कांग्रेस विजयी भएको छ ।
प्रतिक्रिया