माैसम परिवर्तनसँगै काेराना संक्रमित थपिँदै, सातामा २८ जनामा संक्रमण, सतर्कता अपनाउनु पर्ने

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलवार २०:२९


काठमाडाैं, चैत्र २० ।
गएकाे केही दिनदेखि मौसममा विस्तारै परिवर्तन हुँदै गएसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी पनि देखिन थालेका छन् । मौसमका कारण केही व्यक्तिहरूमा रुघा खोकी, ज्वरो, फ्लु जस्ता देखिन थालेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दिएकाे जानकारीअनुसार गएकाे एक साताभित्रमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका व्यक्तिहरू रहेका छन् ।

काठमाडाैंकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पताल आउने गरेका छन् ।

‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्’, उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा भने छैनन् ।’

निर्देशक डा. बसौलाले भने, अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष अर्थात् आईसीयू र दुई जनाले शय्यामा उपचार गराइरहेका छन् र अन्य अस्पतालमा आइसोलेशन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भारतमा पाैष महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामीहरू देखिएको बताएका छन् ।

‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन्’, उनले भने, ‘तर अहिले भने बाहिर हल्ला जलेजस्तो कोरोना सङ्क्रमित भने छैनन् । अहिले मौसममा आएकाे परिवर्तनसँगै फ्लुका बिरामी मात्र देखिएका हुन् ।’

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन-१ भने पुष्टि भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घ रोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा भने रहेको बताउँदै कोरोनाबाट बच्न स्वास्थ्य सतर्कता निर्बाध रूपमा अपनाउनुपर्नेमा जोडसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....