भारतमा एक औषधी कम्पनीमा विष्फोट, पाँचको मृत्यु

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार १६:५०


एजेन्सी, चैत्र २२ ।
दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधी कम्पनीमा विष्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ विष्फोट भएको थियो । बुधबार साँझ चन्दापुर गाउँको औषधी कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा विष्फोट भई आगलागी हुँदा औषधी कम्पनीका सह-निर्देशकसहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्दारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो ।

प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर विष्फोट भई आगलागी भएको अनुमान गरिएको छ ।

प्रहरीकाअनुसार विष्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो । भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्ने क्रम बढेसँगै कारखानामा विष्फोटका घटना बढ्न थालेको पाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....