प्रधानमन्त्री दाहालद्वारा पद त्यागको घोषणा गर्दै तर, राजीनामाको टुङ्गो भने छैन

काठमाडौं, जेठ ९ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज व्यवस्थापिका संसद्मा दिउँसो १ बजे विशेष सम्बोधनकाबीच आफ्नो पद त्यागको घोषणा गर्ने तयारी गरेका छन् ।
संसद्लाई विशेष सम्बोधन गर्ने क्रममा उनले आफ्नो नेतृत्वको सरकारले गरेका कामको व्याख्यासमेत गर्ने छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार संसद्लाई सम्बोधन गर्ने क्रममा दाहालले आफूले पद त्याग गर्न लागेको बताउने छन् ।
आचार्यकाअनुसार संसद्लाई सम्बोधन गरेपछि राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने प्रक्रिया रहे पनि राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाटको समय अहिलेसम्म तय भइसकेको छैन ।
पहिलो चरणको स्थानीय निकाय निर्वाचन सम्पन्न गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबनधनको प्रधानमन्त्री बनाउने गरी दाहालले राजीनामा दिने माओवादी केन्द्र र कांग्रेसबीच सहमति भएको थियो ।
दाहालले देउवासँग सल्लाह गरी सहमतिअनुसार राजीनामा दिनुपर्ने निर्णय सोमबार बसेको माओवादी केन्द्रको बैठकले गरेको हो ।
प्रतिक्रिया