बलिउड स्टार सलमान खानको घर बाहिर गोली प्रहार

प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार १४:०३


काठमाडाैं, बैशाख २ ।
मुम्बई प्रहरीले आज आइतबार बिहान करिब ५ बजेतिर बान्द्रास्थित बलिउड स्टार सलमान खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको जनाएको छ ।

घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो ।

अभिनेता सलमान खानको घर बाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित रहेको बीबीसीले उल्लेख गरेको छ । गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....