व्यापारीले व्यापार गर्न छाडेर स्थानीय निर्वाचनमा तीनजना उम्मेदवार बन्र्दै

दमक, ९ जेठ ।
दमकमा जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गएको छ । चुनावी चहलपहल बढेसँगै नगरमा उम्मेदवारको घोषणा हुनेक्रम पनि बढ्दो छ ।
दमक उद्योग वाणिज्य सङ्घका कार्यसमितिका तीनजना सदस्यले आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्न लागेका छन् । उनीहरूले आ–आफ्नो राजनीतिक दलबाट दुईजनाले वडा अध्यक्ष र एकजनाले वडा सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
उक्त सङ्घका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, सङ्घका कार्य समिति सदस्य नवीन अग्रवालले दमक–६ बाट राप्रपाबाट वडा सदस्य पदमा उम्मेदवार बन्ने बताएका छन् ।
यसैगरी, सङ्घका कार्य समिति सदस्य राजु खड्काले नयाँ शक्ति पार्टीबाट दमक–६ को वडा अध्यक्ष पदमा उम्मेवार बन्न लागेको हो ।
दमक नगरमा हालसम्म नेकपा (माओवादी केन्द्र) तथा राप्रपाले प्रमुख, उपप्रमुखसहित वडा तहका सबै उम्मेदवार घोषणा गरिसकेका छन् भने कांग्रेस र एमालेले जेठ १२ गतेसम्म औपचारिक रूपमा नगरका उम्मेदवार घोषणा गरिसक्ने जनाएको छ ।
प्रतिक्रिया