एन्फाका उपाध्यक्ष दावा लामा रिहा

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहीबार १३:५९


काठमाडाैं, बैशाख ६ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधवार मात्र पक्राउ परेका उपाध्यक्ष लामा आज बिहीबार रिहा भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो ।

लागू औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागू औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

सर्वोच्चको आदेशानुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालतले जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....