सिरियामा दुई पटक आक्रमणकाे क्रममा २८ जनाकाे मृत्यु

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार २०:३९


एजेन्सी, बैशाख ७ ।
सिरियामा इस्लामिक स्टेट (आईएस)ले बिहीबार मरुभूमि क्षेत्रमा दुई पटक आक्रमण गर्दा कम्तीमा पनि २८ जनाको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले उल्लेख गरेकाे छ, ‘मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेसिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल-कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो ।’

पूर्वी सिरियाको अल-बुकामाल शहरको ग्रामीण ईलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आईएस) लडाकु समूहले गरेको अर्को आक्रमणमा परी ६ जना सिरियाली सैनिकको पनि मृत्यु भएको छ ।

सिरियाको मरुभूमिमा यस वर्षको सुरुवातदेखि अहिलेसम्म ३ सय २९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको तेश्रो दिन सुनको मूल्य १ हजार २ सय रुपैयाँले घट्यो

काठमाडाैं, जेठ ८ । नेपाली बजारमा सुनचाँदी कारोबारको तेश्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....