कामना सेवा विकास बैंकद्वारा पाेखरामा स्वास्थ्य प्रयाेगशाला निर्माणपश्चात् हस्तान्तरण

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार १२:३४


काठमाडाैं, बैशाख ८ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।

पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रबार पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त स्वास्थ्य प्रयाेगशाला हस्तान्तरण सम्पन्न भएको हाे । स्वास्थ्य प्रयोगशाला उपकुलपति अर्यालको उपस्थितिमा कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरूले प्राप्त गर्ने बैंकिङ्ग सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान रहेको धारणा व्यक्त गर्दै विश्वविद्यालय स्थापनाकालदेखि नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भए तापनि हाल शिक्षण अस्पतालले १०० शैय्याको सञ्चालन अनुमति प्राप्त गरिसकेको जानकारी गराए ।

१०० शैय्याको अनुमति प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरी दिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरूमा विश्वविद्यालयलाई पुर्‍याएको योगदानको कदरसमेत गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरूको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरूको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुसी व्यक्त गरे ।

साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरूमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरूमा समेत साझेदारी गर्ने बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा विभिन्न संकायका डीन, निर्देशक तथा बैंकका पदाधिकारीहरूलगायतका व्यक्तिहरूकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमकाबीच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयबीच वित्तीय सेवा सुविधा प्रदानसम्बन्धी औपचारिक समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. भण्डारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत थकालीले संयुक्त रूपमा हस्ताक्षर गरी सम्पन्न भएकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....