अन्ततः नेपाल हङकङसँग ४ विकेटले पराजित

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार १९:५७


काठमाडाैं, बैशाख ८ ।
अन्ततः नेपाल हङकङसँग पराजित हुन पुगेकाे छ । एसीसी प्रिमियर कपअन्तर्गत तेश्राे स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको छ ।

नेपालले दिएको सामान्य लक्ष्य १४० रन पछ्याएको हङकङले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सफल भएकाे थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाएका थिए भने त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।

त्यसैगरी, हङकङका बलर आयुष सुक्लाले सर्वाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।

यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनौट भएको छ । इमर्जिङ टिम्स एशिया कपमा ओमान, यूएई र हङकङ छनौट भएको छ ।

एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहँदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुबैमा छनौट हुनबाट असफल हुन पुगेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....