सञ्चारकर्मी निरा श्रेष्ठकाे निधनप्रति नेपाल पत्रकार महासंघद्वारा श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार १६:५९


काठमाडाैं, बैशाख ९ ।
नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखामा कार्यरत एवम् राष्ट्रिय परिषद् सदस्यसमेत रहेकी सञ्चारकर्मी निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा निधन भएको छ ।

४० वर्षीया निरुको निधनप्रति नेपाल पत्रकार महासंघले एक प्रेस विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ ।

महासंघकाअनुसार केही समयदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठको एक सातादेखि उक्त अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा बैशाख ६ गते बिहीबार निधन भएको हो । सञ्चारकर्मी श्रेष्ठका श्रीमान् र एक छोरी छिन् ।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेकी श्रेष्ठ वि. सं. २०६४ सालमा हेटौँडामा स्थापित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा सुरुदेखि नै आबद्ध रहेर काम गरेकी थिइन् ।

वि. सं. २०७२ सालदेखि काठमाडौंको रेडियो थाहा सञ्चार नेटवर्क ९९.४ मेगाहर्जमा आबद्ध रही पछिल्लो डेढ दशकदेखि युवा लक्षित कार्यक्रम निर्माण र सञ्चालकका रूपमा कार्यरत रहँदै आएकी थिइन् । साेही दौरानमा श्रेष्ठले चितवन र वीरगञ्जको विभिन्न रेडियोमासमेत काम गरेकी थिइन् ।

श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु महिला रेडियोकर्मी गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको महासंघले विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा मृतक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासमेत गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रहरीद्वारा लागू औषध काराेबारी समात्न दुई राउण्ड गाेली फायर

काठमाडाैं, जेठ ३ । सुनसरीमा प्रहरीले एक लागू औषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।.....