सन्दीप लामिछानेकाे मुद्दा, आज पनि सुनुवाइ गर्न नभ्याइनेमा

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार १७:०१


काठमाडाैं, बैशाख १० ।
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज साेमबार तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् ।

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शन देव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे ३ बजे पालो आएको भए तापनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

यसअघि, गत ३ बैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजातहरू माग गरेकाे थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो । सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी-२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

थलीमा मृत फेला परेका पुरुषका छाेरा फर्पिङमा घाइते अवस्थामा फेला

काठमाडाैं, जेठ ८ । कागेश्वरी मनोहरा नगरपालिका-५, थलीमा आज मंगलबार बिहान मृत फेला परेका पुरुषका.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....