प्रधानमन्त्री दाहालको सम्बोधन सर्‍यो, मन्त्रीपरिषद बैठक बस्दै

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलवार १२:५८


काठमाडौं, जेठ ९ ।
मन्त्रीपरिषदको आकस्मिक बैठक केही बेरमा सुरु हुने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले १ बजे गर्ने भनिएको विशेष सम्बोधन आज दिउँसो ३ बजेका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने विशेष सम्बोधन र राजिनामाका बारेमा छलफल हुने बताइएको छ ।

मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरणका विषयमा समेत मन्त्रीहरूलाई ब्रिफिङ गर्ने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....