भक्तपुरकाे एक गाई फर्ममा आगलागी, १० गाई मरे, १८ लाखभन्दा बढी क्षति

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार १३:२१


काठमाडाैं, बैशाख १३ ।
भक्तपुर नगरपालिकाको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर-१ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सञ्चालन गरेको गाई फर्ममा बैशाख ११ गते ११ बजे आगलागी भएको थियो ।

आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....