युवा-युवतीबीचकाे प्रेम सम्बन्धले विवाद उग्र, प्रहरीद्वारा ९ सेल अश्रु ग्याँस प्रहार

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार १४:३४


काठमाडाैं, बैशाख १३ ।
धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच आज बिहीबार दिउँसो झडप भएको छ । दुई गाउँका युवा-युवतीबीचकाे प्रेम सम्बन्ध बारेमा भएको विवादले उग्र रूप लिएपछि झडपको स्थिति श्रृजना भएकाे हो ।

प्रहरीकाअनुसार एउटा समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि प्रहरीले उक्त समूहले अवरुद्ध गरेको सडक खोल्न बल प्रयोग गर्नु परेकाे थियो । प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने क्रममा साे झडपकाे अवस्था श्रृजना भएको हो ।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुङ्गामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन् । प्रदर्शनलाई हिंस्रक बनाउन खोजेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएकाे छ ।

प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा लिन ९ सेल अश्रु ग्याँससमेत प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी रञ्जन अवाले बताएका छन् । डीएसपी अवालेकाअनुसार उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुई जना युवती र दुई जना युवक एकसाथ भागेका थिए ।

उनीहरूको अवस्था अहिलेसम्म खुलेको छैन । उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । त्यसको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा पनि लिएको अवाले बताए । उनकाअनुसार केटी पक्षले भागेकाहरूको खोजी नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंमा अझै केही दिनसम्म वर्षा हुने सम्भावना

काठमाडाैं, बैशाख २६ । जल तथा मौसा मपुर्वानुमान महाशाखाले काठमाडौंमा अझै तीन दिन वर्षा हुने.....