एनआईसी एशिया बैंकद्वारा विशेष कार्यक्रमकाे आयोजना गरी राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार १६:२०


काठमाडाैं, बैशाख २५ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था एन आई सी एशिया बैंक लिमिटेडले केही समय अगाडि साउदी अरेबियामा सम्पन्न WAFF Women’s Championship 2024 प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपबिजेता बन्न सफल भएकाे राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

यहीँ बैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रमकाे आयोजना गरी बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ जना सदस्यहरूलाई जनही रु. २५००० र सम्मान-पत्रसहित सम्मान गरेको हो । साथै, उक्त कार्यक्रमकाबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमासमेत घोषणा गरेको छ ।

पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टीम वर्क, स्पोर्टम्यानशीप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै WAFF Women’s Championship 2024 को फाइनलसम्म पुगेर उपबिजेता बन्न सफल भएको थियो । मैदान र मैदान बाहिर रहेर प्रगियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै अगामी दिनहरूमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित हार्दिक शुभकामनासमेत व्यक्त गरेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

नेपाल लघु बिमक संघ विधिवत् रूपमा दर्ता

काठमाडाैं, जेठ ६ । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँग.....

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडाैं, जेठ ६ । नेशनल लाईफ.....