अन्ततः कामपाभित्रका विद्यालयकाे नाम परिवर्तनका लागि सम्पर्कमा

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार १६:४५


काठमाडाैं, बैशाख १३ ।
काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म दुई सय तीन संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ ।

तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको महानगरअन्तर्गत शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिएकी छन् ।

प्रमुख पोखरेलकाअनुसार नाम परिवर्तका लागि कामपाले गत चैत्र २१ गते सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न भनिएको थियो ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।

सूचनामा एक हप्ताको समय दिइएको भए तापनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउने क्रम जारी रहेकोले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

अहिले महानगरभित्र पाँच सयभन्दा बढी निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् । तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानूनअनुसार कारबाही गर्ने कामपाले चेतावनीसमेत दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....