नक्कली भुटानी शरणार्थी प्रकरण : सर्वाेच्चद्वारा रायमाझीलाई धराैटीमा छाड्न अस्वीकार

प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार २०:२०


काठमाडाैं, बैशाख १३ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो । सर्वोच्चले यसअघिका जिल्ला र उच्च अदालतले गरेको आदेश सदर गरेको हो ।

यो प्रकरणमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

यसैबीच, थुनामा पठाइएकाहरूमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सन्देश शर्मा, सागर राई र सानु भण्डारी रहेका छन् । तर। आङटावा शेर्पा र गोविन्द कुमार चौधरीको हकमा भने सर्वोच्चले उच्चको फैसला बदर गर्दै उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ । आङटावा शेर्पासँग ३० लाख र गोविन्द कुमार चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छाड्न पनि सर्वोच्चले आदेश दिएको छ । गत मंसिर १५ गते उच्च अदातलत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै उनीहरू १० जनालाई थुनामा पठाउने आदेश गरेको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध उनीहरू गत फागुन ८ गते सर्वोच्च गएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....