क्यानडाको प्रलोभन, दुबई लगेर युवतीको बेचबिखन, एक युवक पक्राउ

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार १३:५१


काठमाडाैं, बैशाख १४ ।
क्यानडाको प्रलोभन देखाएर दुबई पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-३ घर भएका फिरोज खान भनेर चिनिने २६ वर्षीय फरमान हवारी रहेका छन् । उनलाई मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

टिकटकको माध्यमबाट चिनजान भएकी युवतीलाई उनले २ पुस २०८० मा क्यानडा पठाउने भन्दै दुबई पुर्‍याएर बेचबिखन गरेको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुयाँलले बताए । दुबई पुर्‍याएर राहदानीलगायतका कागजात नियन्त्रणमा लिएर बन्धक बनाइएको आरोप उनीमाथि रहेको छ ।

दुबईमा बन्धक भएकी युवती आफन्तको सहयोगमा ३० चैत्र २०८० मा नेपाल फर्किन सफल भएकी थिइन् । पक्राउ परेका फिरोजविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

आफूले धेरैलाई क्यानडा पठाएको र जानका लागि ३० लाख लाग्ने भन्दै फिरोजले युवतीलाई प्रलोभनमा पारेर बेचबिखन गरेको आरोप छ । बिहे गर्नेसम्मको प्रलोभन देखाएर पटक-पटक यौन शोषणसमेत गरेको भन्दै युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

क्यानडा पठाउने भनेर उनले युवतीसँग ११ लाख २८ हजार रुपैयाँसमेत लगेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....