नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार १६:१८


काठमाडाैं, बैशाख १४ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० भाद्र महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यावसाय गरी लक्ष्य पूरा गर्न सफल करिब १ सय ४० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूको उत्साहजनक उपस्थितिमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ ।

भ्रमण कार्यक्रममा सहभागी भएका वरिष्ठ अभिकर्ताहरूले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताहरूबीच चिनजान हुनुका साथै एक आपसको अन्तर्क्रियाबाट धेरै कुराहरू जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापनसमेत गरेका छन् ।
३ रात ४ दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरूले यथेष्ट मनोरञ्जन लिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

“८% नबिल डिबेञ्चर २०८९” को निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडाैं, बैशाख २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक.....