अन्ततः धराैटी बुझाएर दीपेश पुन एक सातापछि रिहा

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार १७:१५


काठमाडाैं, बैशाख १४ ।
सहकारी प्रकरण मुछिएका दीपेश कुमार पुन अन्ततः रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको करिब एक सातापछि आज शुक्रबार पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।

बैशाख ७ गते शुक्रबार रूपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज मात्र रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् ।

उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरासमेत हुन् । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज बुझाएर पुन छुटेका जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिएका छन् ।

अदालतले गत शुक्रबार अध्यक्ष ओमप्रकाश गुरुङ बाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे माेबिल राखिएकाे टहराेमा आगलागी हुँदा घाइते भएका दुई बालिकाकाे मृत्यु

काठमाडाैं, बैशाख २४ । ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित एक टहराेमा भएको आगलागीमा परी.....