काठमाडाैंकाे शंखरापुरबाट चाेरीकाे माेटरसाइकलसहित २९ वर्षीय युवा पक्राउ

प्रकाशित मिति: २३ बैशाख २०८१, आईतवार २१:०३


काठमाडाैं, बैशाख २३ ।
काठमाडाैंको शंखरापुर नगरपालिका-९ बाट आज आइतबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका-२ घर भई हाल भक्तपुरको निकोशेरा बस्दै आएका २९ वर्षीय विकास थिङलाई नियन्त्रणमा लिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बा. ८३ प ९० ३७ नम्बर राखेर चलाइरहेको अवस्थामा थिङलाई आज मध्यान्ह १२ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका थिङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

वागमती प्रदेश ०२-०२४ प २१ ३९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल काठमाडौंको काँडाघारी लाहुरे चोकबाट हराएको भनि मोटरसाइकल धनी रामेछापको खाँडा देवी गाउँपालिका-६ का निर्मल केसीले गत मंसिर १९ गते काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित थिङ नियन्त्रणमा आएका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्याण्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्पूर्णलाई अनुरोधसमेत गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् आफैँ सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले सबैलाई सचेत समेत गराएका छन् ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै नेविसंघकाे प्रदर्शन

काठमाडाैं, जेठ ६ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं.....

जुवातास खेलिरहेकाे अवस्थामा तास र नगदसहित ११ जना पक्राउ

काठमाडाैं, जेठ ६ । काठमाडाैं र कास्की.....