टी-२० श्रृंखलाकाे पहिलाे खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालकाे शान्दार जित दर्ता

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार १७:५६


काठमाडाैं, बैशाख १५ ।
पाँच खेलको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । आज शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

नेपालकाे सामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६-१६ रन बनाए ।

खेलको अन्त्यमा गुल्सन झाले दुई ४ हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २-२ विकेट हात पारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १-१ विकेट लिएका थिए ।

शृंखलाको दोश्राे खेल भाेलि आइतबार खेलिने छ । तेश्राे खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।


प्रतिक्रिया

ताजा खबर

More

चीनकाे एक काेइला खानीमा विष्फाेट, पाँच जनाकाे मृत्यु

एजेन्सी, जेठ ८ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित एक कोइला खानीमा दुर्घटना हुँदा.....