बलिउड अभिनेता साहिल खान प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १७:३२


काठमाडाैं, बैशाख १६ ।
बलिउड अभिनेता साहिल खान समस्यामा परेका छन् । उनलाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएको छ । मुम्बई पुलिसको एसआईटीले १५ करोडको महादेव बुक सट्टेबाजी मामिलामा साहिल खानसँग सोधपुछ गरेको छ ।

यो मुद्दा माटुंगा प्रहरीले पहिलो पटक दर्ता गरेको थियो । त्यसपछि अनुसन्धानका लागि अपराध शाखाको साइबर सेलमा सारिएको थियो र त्यसपछि एसआईटी गठन गरी अनुसन्धान अगाडि बढाइएको थियो ।

यस घटनामा हालसम्म एक जना पक्राउ परेकाे मुम्बई प्रहरीले जनाएकाे छ । यस एफआईआरमा अण्डरवर्ल्ड डन दाउद इब्राहिमका भाई मुस्तकीम, सौरभ चन्द्राकार, रवि उपल, शुभम सोनी जस्ता धेरैको नाम जाेडिएकाे छ ।

यस मामिलामा धेरै सेलिब्रेटीको नाम पनि अगाडि आएको थियो । साहिल खान दुबईमा आयोजित बेटिङ्ग एपको पार्टीमा देखिएका थिए । साहिल खानविरुद्ध एफआईआर दर्ता भएको थियो । अभिनेता विरुद्ध आईपीसीको धारा ४२०, ४६७, ४६८, ४७१, १२० (बी) र जुवा ऐन, आईटी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

अभिनेता साहिल खान आफ्नो फिटनेसका लागि परिचित छन् । उसले बडी बिल्डिङ गर्छ । साहिल एक्सक्यूज मी र स्टाइल जस्ता फिल्मका लागि पनि परिचित नाम हाे । तर पछि उनले चलचित्र छोडेर फिटनेस प्रभावशाली बने । उनले फिटनेस सप्लिमेन्ट बेच्ने डिभाइन न्युट्रिसन नामको कम्पनी चलाउँदै आएका छन् ।

एक्सक्यूज मी र स्टाइल बाहेक, साहिल ये है जिन्दगी, डबल क्रस, अलादिन र रामा: द सेभियर जस्ता फिल्महरूमा देखिएका थिए । साहिलले १४ फेब्रुअरी २०२४ मा आफ्नो दोश्राे विवाहको खुलासासमेत गरेका थिए । उनले फ्यानहरूलाई आफ्नी श्रीमती मिलेनाको झलक देखाए । उनकी श्रीमतीको उमेर २१ वर्ष रहेकाे छ । साहिलले आफ्नो रशियामा इन्गेजमेन्ट भएको र बिहे भएको बताएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडाैं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई पक्राउ गर्न.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....