अभिनेत्री अमृता एक अपार्टमेन्टमा मृत अवस्थामा फेला

प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार २०:३१


काठमाडाैं, बैशाख १६ ।
भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी केही सयमदेखि डिप्रेशनमा रहेकी थिइन् । फिल्म निर्माता-निर्देशक चन्द्रमणिसँगको वैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन् ।

पुलिसले गरेको सुरुवाती जाँचअनुसार उनले आत्महत्या गरेको खुलेको दैनिक जागरणले उल्लेख गरेकाे छ ।

अमृताले मुम्बईमा चिन्तामणिसँग लिभ इन रिलेशनशिपमा बसेपछि कानूनी विवाह गरेकी थिइन् ।

तर, केही समयपछि नै उनीहरूको सम्बन्धमा खटपट सुरु भएको थियो । अमृताको करियरको कुरा गर्ने हो भने उनले अभिनेता खेसरीलाल यादवको फिल्म ‘दीवानापन’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

यो भोजपुरी फिल्ममा दुबैको केमेस्ट्री दर्शकहरूले निकै रुचाइएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

गृहमन्त्री लामिछानेकाे राजीनामा माग गर्दै तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन

काठमाडाैं, जेठ ७ । प्रतिनिधि सभाकाे प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....

मिनी बस दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं, जेठ ७ । सुर्खेतमा मिनी बस.....