‘माइतीघर’ चलचित्रका नायक सिपी लाेहनीकाे ८६ वर्षकाे उमेरमा निधन

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १७:१५


काठमाडाैं, बैशाख १७ ।
चर्चित कलाकार सिपी (चिदम्बर प्रसाद) लोहनीको निधन भएको छ ।

उनको काठमाडाैं महानगरपालिका थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको नायक कृष्ण मल्लले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

नायक लोहनी चर्चित नेपाली चलचित्र ‘माइतीघर’का नायक हुन् । उनी पार्किन्सन, अल्जाइमर्स र नियोनिया राेगबाट ग्रसित रहेका थिए ।

८६ वर्षीय लोहनीको उपचारकै क्रममा आज सोमबार निधन भएको हो । उनी प्रख्यात भारतीय नायिका माला सिन्हाका श्रीमान् समेत हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडाैंकाे कपनबाट कटुवा पेस्ताेलसहित २३ वर्षीय युवा पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडाैं महानगरपालिकाको कपनबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना.....