ललितपुर अपडेट : ढुकढुकीलाई कायमै राख्दै कांग्रेस झिनो मतले अगाडि

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलवार १५:१२


ललितपुर, जेठ ९ ।
ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा आईपुग्दासम्म अहिले भर्खरै प्राप्त खबरअनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मत अन्तर दुई सय तीनले कांग्रेस अगाडि रहेको छ । दुई दिन अगाडिसम्म दुई हजार मत अन्तरले अगाडि रहेको कांग्रेस अन्तिम चरणमा आईपुग्दासम्म सो मत अन्तरले कडा प्रतिस्पर्धा उत्रिएको छ ।

पछिल्लो मतअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले २३ हजार पाँच सय ३९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले २३ हजार तीन सय ३६ मत प्राप्त गर्दै महर्जनलाई पछ्याइरहेका छन् ।

त्यसैगरी, उपमेयरमा कांग्रेसकी गीता सत्यालको जित करिब पक्कापक्की भएको छ । उनले १८ हजार पाँच सय ८७ मत पाएकी छन् भने दोश्रो स्थानमा रहेकी साझा पार्टीकी स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १३ हजार दुई सय ७४ मत प्राप्त गरेकी छन् ।
ललितपुरमा अब चार वटा वडाको मात्र मतगणना बाँकी रहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

मतगणनामा गडबढी भएको भन्दै एमालेले अवरोध गरेपछि ललितपुर महानगरपालिकाको मतगणना स्थगीत भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....