कामना सेवा विकास बैंक र ओम मुक्तिनाथ पोलिक्लिनिकबीच छुट सम्झौता

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १८:१४


काठमाडाैं, बैशाख १७ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको विकास बैंक कामना सेवा विकास बैंक लिमिटेड र रूपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा र सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १ सय ३५ वटा सञ्जालहरू तथा ७७ वटा एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेकाे बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यून चापीय.....

गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ । गुण्डागर्दी गरेको.....