अभिनेता सलमान खानकाे घर बाहिर गाेली प्रहार गर्ने एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या
काठमाडाैं, बैशाख १९ ।
बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा नै आत्महत्या गरेका छन् ।
समाचार एजेन्सी एएनआईकाअनुसार अनुज थापन नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् ।
प्रहरीले सलमान खानको घर बाहिर गोली हान्ने चार जना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो ।
प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापन र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाई अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो । अदालतले उनीहरूलाई मे ८ तारिखमा प्रहरी हिरासतमा पठाएको थियो ।
प्रतिक्रिया