चर्चित भारतीय कमेडियन भारती सिंह अस्पताल भर्ना

प्रकाशित मिति: २२ बैशाख २०८१, शनिबार ११:३९


काठमाडाैं, बैशाख २२ ।
चर्चित भारतीय कमेडियन भारती सिंह अस्पताल भर्ना भएकी छन् । विगत तीन दिनदेखि पेटको पीडा भोगेकी उनको पित्त थैलीमा पत्थरी देखिएको छ । चिकित्सकहरूले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाहसमेत दिएका थिए ।

डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

भारतीले आफ्नो यूट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छन् । यस अवधिमा उनले आफ्नो दुई वर्षको छोरालाई पनि धेरै मिस गरिरहेको बताएकी छन् ।

सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी भारतीका एक छोरा छन् । करिब ७ वर्ष डेटिङ गरेपछि दुबैले एकअर्कालाई जीवनसाथी रोजेका थिए ।

हर्षले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकका लागि संवाद लेखेका थिए । यसबाहेक उनले फिल्म ‘मलंग’ को टाइटल ट्रयाक पनि लेखेका छन् । अर्कोतर्फ, भारती सिंह कमेडी जगतमा चर्चित नाम हो ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....