ना.सु रङ्गेहात पक्राउपछि एमालेद्वारा मतगणना बहिष्कार, सर्वदलीय बैठक जारी

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलवार १७:४१


ललितपुर, जेठ ९ ।
ललितपुर महानगरपालिकामा मतगणना जारी रहेकै क्रममा नायब सुब्बा सुरेश थापालाई रङ्गेहात पक्राउ गरेपछि मतगणना स्थगित भएको छ । स्थगित पछि अहिले सर्वदलीय बैठक जारी रहेको हाम्रा संवाददाता विक्रम शाक्यले जानकारी दिएका छन् ।

वास्तविक भन्दा बढी भोट बढाइरहेको अवस्थामा रंगेहात फेला परेपछि नायब सुब्बा सुरेश थापालाई मतगणनास्थलबाट हटाइएको छ । मतगणनामा संलग्न भएर मत अल्मल्याउने र कांग्रेसको बढाउने गरेको पाइएपछि उनलाई हटाइएको हो ।

मतगणनामा बसेका एमालेका प्रतिनिधिहरूलाई शंका लागेर चेक गर्दा उनले मत बढाउने र नेपाली कांग्रेसलाई बाहिर निस्केर रिपोर्टिङ गरी रहँदा रङ्गेहात फेला पारेपछि थापालाई मतगणना जिम्मेवारीबाट हटाइएको बताइएको छ । उनको शंकास्पद व्यावहार देखिएपछि एमाले र माओवादीले आपत्ति जनाएका थिए ।

तर, मतगणनामा मनोमानी गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा भगाएर ढाकछोप गरेको, वडा नम्बर ९, ४ र २२ लगायतको पुनः मतगणना गर्न गरिएको माग अस्वीकार गरिएको लगायतका विषयमा विरोध जनाउँदै एमालेले मतगणना बहिष्कार गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....