चिरीबाबु महर्जन बने लपु महानगरका पहिलो मेयर, उपमेयरमा सत्याल

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार ०६:४८


ललितपुर, जेठ १० ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः तीन सय ६५ मत अन्तरले मेयरमा निर्वाचित हुन सफल भएका छन् । गएराति साढे १ बजे अन्तिम परिणाम सार्वजनिक गरिएको हो ।

अन्तिम नतिजाअनुसार महर्जनले २४ हजार छ सय ६६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको पक्षमा २४ हजार तीन सय एक मत परेको हो ।

त्यसैगरी, उपमेयरमा नेपाली कांग्रेसकी गीता सत्याल १९ हजार दुई सय ३६ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार चार सय ३३ मत पाएकी छन् । पहिलो चरणमा भएको निर्वाचनमा चार महानगरमध्ये ललितपुरको मत परिणाम सार्वजनिक भए पनि अन्य महानगरको मत गणना भने जारी नै रहेको छ । अन्य महानगरमा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....