एमाले अध्यक्ष ओली भन्छन्, अबको सरकारमा एमाले पनि सहभागी जनाउन तयार

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार ०९:५६


काठमाडौं, जेठ १० ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने व्यापक चर्चा चलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवाज बाहिर आउन थालेको छ । अब बन्ने नयाँ सरकारमा एमाले पार्टीले पनि सहभागिता जनाउने आकांक्षा सार्वजनिक गरेको छ ।

विगतका तिक्तता र आलोचनालाई बिर्सेर सत्ता साझेदार गर्न तयार रहेको स्वयम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । मंगलवार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले सो कुराको खुलास गरेका हुन् । उनले भने, ‘सरकारमा सहभागी हुँदा कसको नेतृत्व भन्ने विषय प्रमुख होइन सरकारमा आउने भनेपछि जसको नेतृत्वमा पनि सहभागी हुन सकिन्छ’ उनले भने, ‘विगतमा जे जस्ता तिक्तता र आलोचना भए तापनि सरकारमा जान चाहन्छौं ।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले वर्तमान प्रधानमन्त्री दाहालसँग गरेको भद्र सहमति कार्यान्वयन नगर्दा सरकारबाट बाहिरिएपछि छटपटिएको एमालेले सरकारमा सहभागी हुने इच्छा राख्नु स्वाभाविक भएको टिप्पणी पनि गरिएका छन् । प्रमुख विपक्षीले सरकारमा जान खोज्नुलाई अनौठो मान्न सकिन्न तर, आफ्नो मात्रै दुनो सोझ्याउने गरी गठबन्धन बनाउने तथा भद्र सहमति कार्यान्वयन नगर्ने गलत संस्कार तोड्ने प्रधानमन्त्री दाहालले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यो तत्काल एमालेको सत्तारोहणका लागि बाधक बन्न सक्ने पनि देखिन्छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....