सन्दीपको मुद्दाको अन्तिम फैसला : सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार १३:१३


काठमाडाैं, जेठ २ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला आज बुधबार सार्वजनिक गर्ने तयारी भइरहँदा उच्च अदालत पाटनको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमासमेत प्रवेश निषेध गरेको छ भने भिडभाड गर्न रोक लगाइएको हाे ।

लामिछानेको मुद्दामा अन्तिम फैसलाका लागि उच्च अदालत पाटनमा बहस चलिरहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको हो । आज फैसला सुनाउने गरी न्यायाधीशले दुबै पक्षलाई समय निर्धारण गरी दिएका छन् ।

अदालतमा दुबै पक्षबाट पुनरावेदन परेको हुँदा दुबैका वकीलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....