आयोगले गरे यस्तो भूल, हारलाई जित र जितलाई हार

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १०:५२


ललितपुर, जेठ १० ।
ललितपुर महानगरपालिका वडा नम्बर ४ को वडा सदस्यमा कम मत ल्याएका उम्मेदवारलाई निर्वाचित घोषणा गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले नतिजा सच्याएको छ ।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले गएराति मतगणनास्थलमा सूचना टाँस्दै भूल सुधार गरिएको जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सन्तोष खड्का निर्वाचित हुनुपर्नेमा भूलबस एमालेका प्रकाश कार्कीलाई निर्वाचित घोषणा गरिएको भन्दै कार्यालय भूल सच्याएको र खड्कालाई निर्वाचित गरिएको जानकारी गराएको छ ।

निर्वाचन आयोगले घोषणासँगै कार्कीलाई निर्वाचित भएको प्रमाणपत्र पनि दिइसकेको थियो भने कार्कीले बिजयउत्सव पनि मनाइसकेका थिए ।

जसले गर्दा ‘मरेको जिउँदो हुने र जिउँदो मरे’ भने जस्तै संज्ञासमेत दिएको छ । अब यसरी भूल भएपछि कसले कसलाई विश्वास गर्ने भन्ने जनतामा थप अन्यौलता कायम हुने देखिन्छ भन्ने अर्कोतिर पुनः मतगणना गर्न पाउँ भनी निवेदन दिए के होला ?


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....