प्रधानमन्त्री दाहालद्वारा आज दिउँसो ४ बजे राजीनामाको घाेषणा गर्दै

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १३:५४


काठमाडौं, जेठ १० ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने भएका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने भएपछि दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री दाहालको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्नेछ । प्रधानमन्त्रीले मंगलबार संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहे तापनि एमालेले अवरोध गर्ने भएपछि संसद् बैठक आज बिहान ११ बजेका लागि सारिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....