ज्ञवाली र दाहालबीच रस्साकस्सी, नौ वटा वडा बाँकी रहँदा दाहाल मख्ख

काठमाडौं, जेठ ११ ।
चार महानगरपालिकामध्ये ललितपुर महानगरपालिकाको मत परिणाम सार्वजनिक भएसँगै सबै मतदाताहरूको ध्यान पुनः भरतपुरतिर तानिएको छ ।
भरतपुर महानगरपालिकाको मत परिणाम सुन्न सम्पूर्ण मतदाताहरू आतुर हुँदै गर्दा एकाएक मत परिणाममा छलाङ्ग हान्न रेणु दाहाल तम्सिएकी छन् । भरतपुरको वडा नम्बर २५ बाट एमालेलाई आशा गरेअनुरूपको परिणाम नआएपछि दाहाल जित्नेमा आशावादी हुँदै गएकी छन् ।
भरतपुर महानगरपालिकामा जम्मा २९ वटा वडामा अब गन्दै गरेको समेत गरेर १० वटा वडा बाँकी रहेको छ । जसका कारण दाहाल जित्नेमा थप आशावादी बन्दै गएकी छन् ।
वडा नम्बर २५ को मतगणना सकिँदासम्म प्रमुख पदका उम्मेदवारहरू देवी ज्ञवाली र रेणु दाहालको मतअन्तरमा कमी आएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका ज्ञवालीले ३० हजार छ सय ८२ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले २८ हजार नौ सय ३३ मत ल्याएकी छन् ।
वडा नम्बर २५ को नतिजाले एमालेलाई झट्कासमेत लागेको छ । जसअनुसार दाहाल ज्ञवालीभन्दा एक हजार सात सय ४९ मत अन्तरले मात्र पछि परेकी छन् । अझै नौ वटा वडाको मतगणना बाँकी नै रहेका कारण कांग्रेस र माओवादी केन्द्रको गठबन्धन आफ्नो जित हुनेमा थप आशावादी हुँदै गएका छन् ।
प्रतिक्रिया