पहिलो पटक पर्यटकीय क्षेत्र रारामा मन्त्रिपरिषद् बैठक बस्ने तयारी

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार ०८:३६


काठमाडौं, माघ २२ ।
सरकारले मध्यपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रारामा पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्ने तयारी गरेको छ । नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रबद्र्धन गर्ने उद्देश्य सो स्थानमा बैठक गर्न लागिएको हो ।

देशको समग्र पर्यटनलाई सकारात्मक सन्देश दिन रारा क्षेत्रमा छिट्टै मन्त्रिपरिषद्को बैठक राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले भने, ‘पर्यटन व्यावसायीको मागअनुरूप मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु, म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ ।’

प्रधानमन्त्री दाहालकै अध्यक्षताको पर्यटन परिषद्को बैठक यथाशीघ्र बसेर पर्यटन विकासको एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाई राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले आवश्यक नीति र योजना ल्याउनु पर्ने खाँचो औँल्याएका छन् ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यावसायी दीपक महत, गणेश सिंखडा, गोपालबाबु श्रेष्ठ, दामोदर घिमिरेलगायतले देशको पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरे ।

सोही अवसरमा माओवादी केन्द्र पर्यटन विभाग इञ्चार्ज लोकेन्द्र बिष्ट मगरले प्रस्तावित नेपाल पर्यटन व्यावसायी सङ्गठनको नवराज दाहाल संयोजक रहेको एक सय ५१ सदस्यीय संयोजन समिति र २७ जना सल्लाहकार समिति घोषणा गरेका छन् ।

समितिले तीन महिनाभित्र राष्ट्रिय सम्मेलन गर्नेछ । यसअघिका केन्द्र निकटका व्यावसायी संस्था एकीकृत पर्यटन व्यावसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यावसायी मञ्च र वैद्य माओवादी निकट व्यावसायीबीच एकता भएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....