नेशनल लाईफको ब्राञ्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार १७:३४


काठमाडाैं, श्रावण ३१ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्राञ्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा दीप प्रज्वलन गरी समुद्धघाटन गर्दै अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले आ.व. २०८०/०८१ मा कम्पनीले प्रथम बीमा शुल्कसहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरू अभिकर्तावर्गहरू व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्नुहुने सम्पूर्णलाई बधाई ज्ञापन गरिन् । साथै उनले आ.व. २०८०/०८१ मा उत्कृष्ट व्यावसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरू र उत्कृष्ट ठहरिएका ५ शाखाहरूलाई सम्मान तथा पुरस्कृतसमेत गरेकी छन् ।

जीवन बीमा व्यावसायसँग सम्बन्धित विभिन्न पाटोहरू र जीवन बीमा कम्पनीका चुनौतीहरूको विवेचना गरी आर्थिक वर्ष २०८१/०८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी २०० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यावसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमा शुल्क ५०० करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचांकहरूमा पनि सकारात्मक वृद्धि गर्न सम्भव हुनुमा आ-आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पूर्ण बीमित वर्गहरू अभिकर्ता वर्गहरू र कर्मचारीहरू, बधाईको पात्र रहेको बताउँदै आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक श्रीमती सबिता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्दै  राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताउँदै सो समारोहमा मोटिभेशनल ट्रेनर सुदिप बस्नेतले सहभागी कर्मचारीहरूलाई तालिम प्रदान गरेका थिए ।  यसैगरी, आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्युत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरूलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

उपस्थित कर्मचारीहरूलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरीय फुटबल प्रतियोगितालगायत साँगीतिक तथा साँस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....