ज्येष्ठ नागरिकहरूको सम्मानार्थ एड् गुरु निर्मलराज पौडेलको तीज दर कार्यक्रम

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार १७:४८


काठमाडौं, भाद्र १२ ।
काठमाडाैंको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरू कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले ।

सधैँ जस्तै बिहानको खाना खाने समय उनीहरूका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तीज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालीको तीज रमाइलो’ गीत गुञ्जिरहेकाे थियो ।

गीतकार एवं एड् गुरु निर्मलराज पौडेलले यसपटकको तीजलाई भिन्न ढङ्गले मनाउने सन्दर्भमा आज बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरूसँग तीज मनाउन पुगेको थिए । साेही अवसरमा पौडेलले ज्येष्ठ नागरिकहरूलाई आफू र गायिका शान्ति श्री परियारको स्वरबद्ध तीज गीत सुनाउँदै दरमा सामेल भएका थिए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरूको मुहारमा खुशी छल्किएको थियो ।

त्यस अवसरमा काठमाडाैं महानगरपालिका-३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरूका लागि वडाले सक्दो सहयोग गरिरहेको जानकारी गराए । उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरूलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्याँदै खुशीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो रहेकाे छ ।”

सेवा सदनका सह-प्रशासकीय अधिकृत योगेश अधिकारीकाअनुसार सदनमा हाल ६५ वर्षदेखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरू आश्रित रहेका छन् । अधिकारीले भने, “यो अवस्थामा उनीहरूलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर, पनि नौलो मान्छे र केटाकेटी देख्ने बित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ । आँखाबाट बरर् आँसु झार्नुहुन्छ ।” गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्ति श्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालीको तीज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक गरिएको थियो ।



प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....