पञ्चकन्या ग्रुपद्वारा ५२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार १८:१४


काठमाडौं, भाद्र १३ ।
विगत वर्षहरूमा झैँ यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५२ औँ वार्षिकोत्सवको शुभअवसर पारेर यही भाद्र १२ गते बुधबार ग्रुपकाे केन्द्रीय कार्यालय, ललितपुर महानगरपालिकाकाे कृष्णगल्लीमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमकाे आयोजना गरेकाे हाे ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुपअन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपसँग आबद्ध शुभचिन्तकहरू गरी जम्मा ४८ जनाले रक्तदान गरेका छन् । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....