देश निर्माण युवा समाजकाे चाैथाे वार्षिक साधारण सभा तथा तीज कार्यक्रम सम्पन्न (फाेटाेफिचर)

प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार ११:०९


काठमाडाैं, भाद्र १६ ।
ललितपुर महानगरपालिका काेपुण्डाेल-१० स्थित सामाजिक संस्था “देश निर्माण युवा समाज नेपाल Nation Building Youth Society Nepal“काे चाैथाे वार्षिक साधारण सभा यहीँ भाद्र १५ गते शनिबारका दिन काेपुण्डाेलस्थित कृष्ण मन्दिरकाे प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा विशेष अतिथीकाे रूपमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर डा. पुष्पराज राजकर्णिकार, प्रमुख अतिथी ललितपुर वडा नं.-१० का वडाध्यक्ष रविनमान ब्यञ्जनकार रहेका थिए भने कार्यक्रमकाे अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’ले गरेका थिए भने कार्यक्रमकाे सभापति संस्थाका वरिष्ठ सल्लाहकार गाेकुल थापा रहेका थिए ।

यसैबीच, अतिथीकाे रूपमा क्रमशः टाेल सुधार समितिकी अध्यक्ष मथुरा बिष्ट, संस्थाका सल्लाहकार एवं महिला वातावरण समूहकी उपाध्यक्ष कमला बिष्ट, स्नेही महिला समूहकी अध्यक्ष शारदा अमात्य, महानगरीय प्रहरी प्रभाग हनुमानस्थानका प्रहरी सहायक निरीक्षक कृष्ण श्रेष्ठलगायत रहेका थिए ।

कार्यक्रममा अतिथी ग्रहणपश्चात् राष्ट्रिय गीत बजाएर सुरु गरिएकाे कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष खेमबहादुर बुढाथाेकी ‘शिशिर’ले गरेका हुन् भने मन्तव्य राख्ने क्रममा क्रमशः मथुरा बिष्ट, कमला बिष्ट र वडाध्यक्ष रविनमान ब्यञ्जनकारले संस्थाकाे यहाँसम्मकाे यात्रा सफलतापूर्वक सम्पन्न गरेकाेमा संस्थाका सबै पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनहरूमा याे संस्थाले अझै थप उचाईसम्म पुग्ने गरी प्रशंसा याेग्य कार्य गर्दै अगाडि बढ्न सकुन् भनी शुभकामना दिएका छन् ।

विशेष अतिथी डा. पुष्पराज राजकर्णिकारले आफ्नाे मन्तव्य राख्दै संस्थाकाे यहाँसम्मकाे कार्यकाल विभिन्न कठिनाइका चरणहरू पार गर्दै सफलतापूर्वक अगाडि बढ्न सफल भएकाे बताउँदै संस्थाले गरिँदै आइरहेकाे विभिन्न सामाजिक कार्य र सेवा भावले गरेकाे कामकाे उच्च मूल्याङ्कन गर्दै सफलताकाे शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा बाेल्दै राजकर्णिकारले संयुक्त रूपमा आयाेजित आजकाे कार्यक्रमले सबैलाई समेटेर अगाडि बढेकाे खुशी व्यक्त गर्दै भने, ‘हामीले कुनै पनि जात, धर्म, संस्कृति र परम्परालाई समान व्यावहार गर्नु अत्यावश्यक छ । याे नै सबैभन्दा ठूलाे सफलता हाे । नेवार, क्षेत्री, बाहुन, तामाङ्ग, मगरलगायत विभिन्न जातजातिकाे आ-आफ्नै धर्म संस्कृति छन्, सबैकाे उतिनै अमूल्य छ त्यसैले नेवारले अरू चाडबाडलाई मान्नु हुँदैन भन्ने हुँदैन र बाहुनले अरूकाे संस्कृतिमा सहभागी हुनु हुँदैन भन्ने परम्परालाई हामीले त्यागेर सबैकाे संस्कृतिमा सहभागी भएर हात्तेमालाे गरेकाे खण्डमा मात्र जातीय भेद्भाव र छुवाछुटकाे अन्त्य हुनेमा जाेड दिँदै महिला र पुरुष बराबर हुन् भन्ने सन्देशसमेत प्रवाह गर्नु अत्यावश्यक रहेकाे आजकाे समयकाे माग रहेकाे छ ।’

कार्यक्रमकाे समापन सभापति एवं संस्थाका वरिष्ठ सल्लाहकार गाेकुल थापाले उपस्थित विशेष अतिथी, प्रमुख अतिथी, अतिथीहरूलगायत कार्यक्रममा सहभागिता जनाउनु हुनेहरू सबैमा हार्दिक बधाई र शुभकामना दिँदै तीजकाे विभिन्न कार्यक्रमहरूलाई थाँती राखेर हाम्राे निम्ताेलाई स्वीकार गरी अमूल्य समय दिनु भएकाेमा सबैलाई मुरी मुरी धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेका हुन् ।

त्यसैगरी, कार्यक्रमकाे दाेश्राे चरणमा टाेल सुधार समिति, स्नेही महिला समूह, महिला वातावरण समूह र देश निर्माण युवा समाज नेपालद्वारा संयुक्त रूपमा आयाेजित “तीज महाेत्सव-२०८१” अन्तर्गत दर खाने कार्यक्रम विशेष रूपमा मनाइएकाे थियाे । साे कार्यक्रम सराेजा पाैडेलले सञ्चालन गरेकी थिइन् ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान गरेका समाजसेवीलगायत प्रमुख अतिथी, सभापति एवं अतिथीहरूलाई सामूहिक रूपमा सम्मान पत्र र मायाकाे चिनाे प्रदान गरेका थिए ।

कार्यक्रमकाे अन्त्यमा उपस्थित सबै जनाले सामूहिक नृत्यसँगै तीज गीतहरूमा विशेष नाचगान गरी कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने सबै उपस्थित आगन्तुकहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति एवं स्नेही महिला समूहकी अध्यक्ष शारदा अमात्यले कार्यक्रम सम्पन्न भएकाे घाेषणा गरेकी थिइन् ।





प्रतिक्रिया


ताजा खबर

More

अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

काठमाडाैं, कार्तिक २५ । अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक.....

नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडाैं, कार्तिक २५ । युनाइटेड अरब.....