रिलायबल नेपाल लाईफ आठौँ वर्षमा प्रवेश, बीमा जागरणसहित प्रभात फेरी

प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार १३:०७


काठमाडौं, भाद्र १६ ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन अहम् भूमिका खेल्नहुने रिलायबल एड्भाइजर नियमनकारी निकायहरू, लगानीकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरू, पत्रकारलगायत समस्त सरोकारवालाहरूलाई हार्दिक आभार व्यक्त गरेका छन् ।

हालसम्मको उपलब्धिबाट हामीलाई थप कार्य गर्नको लागि ऊर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठूलो जिम्मेवारी बहन गर्नको लागि थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त Stakeholders बाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षासमेत गरेका छन् । आगामी दिनमा हामी सेवा उच्च प्राथमिकतामा राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सोही अवसरमा कम्पनीका कर्मचारी तथा एड्भाइजरहरू समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयमा बीमा जागरणसहितको प्रभात फेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरू गरी सातौँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रम दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरूद्धारा विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाई समेत गरी सम्पन्न गरेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अज्ञात समूहले प्रहार गरेकाे गाेली गालामा लागेर प्रधानाध्यापक गम्भीर घाइते

काठमाडाैं, कार्तिक २५ । अज्ञात समूहले प्रहार गरेकाे गोली लागेर सर्लाहीमा एक प्रधानाध्यापक.....

नेपालद्वारा चौथो खेलमा थाइल्याण्ड १ सय ६ रनले पराजित

काठमाडाैं, कार्तिक २५ । युनाइटेड अरब.....