नेपाली उद्यमी मञ्चकाे दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार १५:५८


काठमाडाैं, भाद्र १६ ।
नेपाली युवा उद्यमी मञ्च (NYEF) ले आफ्नो दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ । साऔँ राष्ट्रिय नेतृत्व सम्मेलन अगष्ट ३० र ३१ तारिखमा गरिएकाे थियाे । कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले टाइगर प्यालेसमा गरेका थिए । कार्यक्रममा माननीय सांसद् बासुदेव घिमिरे, माननीय सांसद् तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खाँड, FNCCCI सदस्यहरू, लुम्बिनी प्रदेश FNCCI अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा रूपन्देहीका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
NYEF रूपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट अतिथी NYEF राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियो, जसमा ओझाले सबैलाई स्वागत मन्तव्य राखेका थिए । NLC को उद्देश्य प्रस्तुत गर्दै श्रेष्ठले उद्घाटन मन्तव्य राखेका हुन् । कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाडौं च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रूपमा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा राष्ट्रिय दोश्राे उपाध्यक्ष सुश्री निबिता प्रधानले धन्यबाद ज्ञापन गर्दै, रूपन्देही च्याप्टरका दोश्राे उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिश कसौधनले समापन मन्तव्य दिएका थिए ।

कार्यक्रममा देशभरका १४ वटा शाखाका १२० NYEF कार्यकारी समिति सदस्यहरूले भाग लिएका थिए । राष्ट्रिय गभर्निङ काउन्सिलले सम्पूर्ण कार्यक्रमलाई आयोजना गरेको थियो, जबकि NYEF रूपन्देही च्याप्टरले होस्टको रूपमा सेवा गरेका थिए । पहिलो दिन रबि रायमाझीले मुख्य मन्तव्य राखेका थिए भने दोश्राे दिनको वक्ताको रूपमा सुरज वैद्यले श्रोतालाई सम्बाेधन गरेका हुन् ।

सम्मेलनले धेरै समानान्तर ट्रयाकहरू (Tracks), प्रशिक्षण सत्रहरू र योजना सत्रहरू प्रस्तुत गरेको थियो जसको उद्देश्य सबै NYEF च्याप्टरहरूलाई एकतामा सञ्चालन गर्न पङ्क्तिबद्ध गर्न, शीपहरू विकास गर्ने, उद्यमशीलताको मानसिकतालाई बढावा दिने र NYEF लाई अझ ठूलो उचाइमा पुर्‍याउनेमा केन्द्रित रहेकाे थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....