कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरूलाई पाेशाक वितरण

प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार १७:०८


काठमाडाैं, भाद्र १६ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गकाे इजाजत पत्र प्राप्त राष्ट्रियस्तरकाे विकास बैंक कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डन्डा, चितवनमार्फत् श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

बैंकको डन्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर ठकुरीलाई साे पोशाक हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटीय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरूलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हात्तेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री नारायणी आधारभूत विद्यालयका प्राध्यापक, कावासोती नगरपालिकाका वडा नं.-१७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....